नियम १७
निलम्बन गर्न सक्ने
(१) पेशागत आचारण उल्लंघन गरेको वा ऐनको दफा १९ 
बमोजिम नाम दर्ता गराएको आरोप लागेको व्यक्तिलाई जाँचबुझ समितिले जाँचबुझ
प्रारम्भ भएको मितिदेखि दर्तावाला स्वास्थ्य व्यवसायीबाट निलम्बन गर्न सक्नेछ ।
तर देहायको अवस्था नभइ सामान्यतया निलम्बन गरिने छैन ः-
(क) निलम्बन नगरी स्वास्थ्य व्यवसाय गर्न दिंदा झुठ्ठा सबुत
प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सवुत प्रमाण
गायब गर्न सक्ने सम्भावना देखिएमा, वा
(ख) निलम्बन नगरी स्वास्थ्य व्यवसाय गर्न दिंदा स्वास्थ्य व्यवसायमा
हानी नोक्सानी पुर्याउने सम्भावना देखिएमा ।
(२) उपनियम (१) बमोजिम कुनै स्वास्थ्य व्यवसायीलाई निलम्बन गर्दा
सामान्यतया दुई महिना भन्दा बढी अवधिको लागि निलम्बन गर्न हँदैन । सो अवधि भित्रै
स्वास्थ्य व्यवसायी उपर लगाइएको आरोपको सम्बन्धमा कारबाई किनारा लगाई सक्नु
पर्नेछ । कुनै असाधारण अवस्था परी उक्त अवधिभित्र कारबाई किनारा लगाउन नसकिने
भई निलम्बनको अवधि बढाउनु परेमा परिषद्को पूर्व स्वीकृति लिई बढीमा एक
महिनासम्मको लागि निलम्बनको अवधि बढाउन सकिनेछ ।
(३) उपनियम (१) बमोजिम निलम्बन गरिएकोमा वा उपनियम (२) बमोजिम
निलम्बनको अवधि बढाइएकोमा सो कुराको जानकारी सम्बन्धित स्वास्थ्य व्यवसायी र
निज कुनै स्वास्थ्य संस्थामा कार्यरत भए त्यस्तो स्वास्थ्य संस्थालाई पनि दिनु पर्नेछ ।
त्यसरी कुनै स्वास्थ्य व्यवसायीलाई निलम्बनमा राख्ने जानकारी प्राप्त भएपछि सम्बन्धित
स्वास्थ्य संस्थाले पनि सम्बन्धित स्वास्थ्य व्यवसायीलाई स्वास्थ्य संस्थाको सेवाबाट
निलम्बन गर्नु पर्नेछ ।